Logo
Logo

पाकिस्तानका १० सांसद्लाई जमानत दिइयो


एजेन्सी

567
Shares

इस्लामावाद । पाकिस्तानको एक आतङ्कवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका १० जना सांसदलाई सोमबार जमानत दिएको छ ।

राजधानी इस्लामावादमा एक ठूलो ¥यालीको नेतृत्व गरेको दुई दिनपछि खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका १० सांसदसहित कम्तीमा ३० जनालाई गत मङ्गलबार हिरासतमा लिइएको थियो । आतङ्कवादविरोधी अदालतले उनीहरूलाई जमानतस्वरूप ३० हजार भारतीय रूपैयाँ (१०० अमेरिकी डलर) तोकिएको छ ।

गत वर्षको अगष्टमा खानलाई जेल चलान गरिएपछि पीटीआईले व्यापक दमनको सामना गर्नुपरेको छ । यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित आफूलाई सत्ताबाट टाढा राख्नका लागि डिजाइन गरिएको योजनाका रूपमा पूर्वप्रधानमन्त्री खानले आरोप लगाउँदै आएका छन् ।

जमानतमा रिहा गरिएका ती १० जना सांसदमध्ये कतिपयलाई राष्ट्रिय सभाको कार्यालयमा नै सुरक्षा नियन्त्रणभित्र राखिएको थियो । उनीहरूमाथि आतङ्कवादविरोधी ऐनअन्तर्गत मुद्दा चलाइएको थियो ।

उनीहरूमाथि ¥याली हुनुभन्दा केही दिनअघि पारित गरिएको शान्तिपूर्ण सभा र सार्वजनिक व्यवस्था ऐनको उल्लङ्घन गरेको आरोप लगाइएको थियो । यस घटनालाई लिएर अधिकारवादी समूहहरूले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण विरोध प्रदर्शनलाई कुण्ठित गर्ने प्रयास भएको बताएका छन् ।

दुई वर्षअघि खानलाई पदच्युत गरेदेखि नै पीटीआई र सेनाबीचको विवाद बढेको छ । सन् २०२३ को मे महिनामा भ्रष्टाचारको आरोपमा पूर्व क्रिकेट स्टार खान पक्राउ परेपछि यो विवाद उत्कर्षमा पुगेको थियो ।

उनका समर्थकहरूले खानको पक्राउ अवैध रहेको र यो राजनीतिक पूर्वाग्रहका कारण रचिएको प्रपञ्चका रूपमा व्याख्या गर्दै दवावका लागि भन्दै हिंस्रक विरोध प्रदर्शन र सैन्य प्रतिष्ठानहरूसमेतमा आक्रमण गरेका थिए ।

पाकिस्तानको सबैभन्दा शक्तिशाली संस्थाका रूपमा रहेको सेनाले पीटीआईमाथि व्यापक प्रतिबन्ध र दमन सुरु गरेको थियो । प्रतिबन्धले खानको लोकप्रियता घटाउन असफल भएको छ । पूर्व प्रधानमन्त्रीद्वारा समर्थित उम्मेदवारहरूले २०२४ को चुनावमा सबैभन्दा बढी सिट जितेका थिए । विश्लेषकहरूका अनुसार खान सन् २०१८ मा सेनाको सहयोगमा सत्तामा पुग्नुभएपनिसन् २०२२ मा जनरलसँग मनमुटाव भएपछि उहाँलाई सत्ताच्युत गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घको विज्ञहरूको प्यानलले यसै महिना उहाँलाई हिरासतमा लिइनुमा कुनै कानुनी आधार नभएको र उनीलाई राजनीतिक पदका लागि अयोग्य ठह¥याउने उद्देश्यले गरिएको देखिएको बताएको थियो । अदालतले उहाँविरुद्ध लगाइएका थुप्रै अभियोगलाई उल्ट्याएको छ ।

पीटीआईको सामाजिक सञ्जाल र प्रेस टोलीका केही सदस्यहरूलाई गत महिना पक्राउ गरिएको थियो र उनीहरूलाई ‘राज्य विरोधी प्रोपोगान्डा’ फृलाएको आरोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्