Logo
Logo

यी हुन् लगातार १० वटा बैठकमा अनुपस्थित हुने १३ सांसद


11.8k
Shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले लगातार १० वटा प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुने सांसदहरूको नामावली सार्वजनिक गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले लगातार १० वटाभन्दा बढी बैठकमा सहभागी नभएका सांसदहरूको नामावली र कारणबारे जानकारी गराएका हुन् ।

अनुपस्थित हुने सांसदहरूमा गीता बस्नेत, मनोरम शेरचन, अम्बिका बस्नेत, राजु थापा, नारायण खड्का, प्रकाशमान सिंह, सुनिलकुमार शर्मा, कान्तिका सेजुवाल, बसन्तकुमार नेम्वाङ, प्रेमबहादुर महर्जन, गोकर्णराज विष्ट, दीपक बोहोरा कालुराम राई र नारायणप्रकाश साउद रहेका छन् ।

उनीहरूको अनुपस्थिति सभाले स्वीकृत गरेको सभामुख घिमिरेले घोषणा गरेका छन् । सांसदहरूले स्वास्थ्य उपचार, विदेश भ्रमण लगायतका कारण पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्