Logo
Logo

काठमाडौंबाट घर हिँडेका प्रधानाध्यापक खतिवडा ११ दिनदेखि बेपत्ता


630
Shares

काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिकाका–४, जरायटारका एक शिक्षक ११ दिनदेखि बेपत्ता भएका छन् । ओखलढुंगाकै सुनकोसी गाउँपालिका–७, च्यानामस्थित प्रबुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुप्रसाद खतिवडा काठमाडौंको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका हुन् ।

प्रबुद्ध माविले सोमबार सूचना जारी गर्दै उनी भदौ १६ गते विद्यालयको कामका सिलसिलामा लहान गएको र त्यतैबाट काठमाडौं आएका उल्लेख छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद अधिकारीका हनुसार उनी भदौ २१ गते ओखलढुंगा फर्कन भनेर छोराछोरी बस्ने बूढानीलकण्ठस्थित डेराबाट बिदा लिई निस्किएका थिए ।

त्यसपछि उनी छोराछोरी र ओखलढुंगामा भएका परिवारको समेत सम्पर्कमा छैनन् । खतिवडामा यसअघि शारीरिक र मानसिक कुनै समस्या नरहेको पनि विद्यालयले जनाएको छ । विद्यालयले प्रधानाध्यापक मधुको खोजीका लागि प्रशासन, जनप्रतिनिधि, सुरक्षाकर्मीलगायत सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्