Logo
Logo

एक वर्षमा रास्वपाको आम्दानी ३ करोड ४० लाख, खर्च साढे ५ करोड


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा कुल ३ करोड ४० लाख भन्दा बढी रकम आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा सदस्यता शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, ब्याज आय र अन्य गरी सो पार्टीले ३ करोड ४० लाख ३१ हजार ६३४ रुपैयाँ आम्दानी गरेको हो ।

पार्टीको मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्दै सो जानकारी दिएकी हुन् । उनका अनुसार सदस्यता शुल्कबाट १ करोड ५१ लाख ५४ हजार ५०२ रुपैयाँ, चन्दाबाट १ करोड ११ लाख ३४ हजार ९०९, लेभीबाट ७७ लाख १८ हजार ३३३, ब्याज आयबाट १६ हजार १८९ र अन्य शीर्षकबाट ७ हजार ७०० रुपैयाँ आम्दानी भएको छ ।

त्यस्तै पार्टी सञ्चालन गर्ने क्रममा साढे ५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ । भेलामा पेस गरिएको आय–व्ययको विवरणमा एक वर्षमा पार्टीले ५ करोड ६४ लाख ८१ हजार ७२३ रुपैयाँ खर्च गरेको उल्लेख छ ।

जसअनुसार आर्थिक वर्ष २०८०÷०८१ मा कार्यालय सञ्चालन खर्च ३ करोड ४२ लाख ३९ हजार उल्लेख गरिएको छ । यस्तै पुँजीगत खर्च २ करोड ७५ लाख, निर्वाचन खर्च १४ लाख ९० हजार भन्दा बढी देखाइएको छ ।

खर्च विवरणअनुसार कार्यालय खर्च शीर्षकमा चिया तथा खाजामा नै झन्डै १७ लाख खर्च भएको छ । प्रतिवेदनमा चिया तथा खाजा शीर्षकमा १६ लाख ७८ हजार ३९६ रुपैयाँ खर्च भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्