Logo
Logo

राजेन्द्र महतोले घोषणा गरे राष्ट्रिय मुक्ति क्रान्ति पार्टी


693
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति पार्टीको घोषणा गरेका छन् । उनले यही नाममा गत फागुनदेखि राष्ट्रिय अभियान चलाइरहेका थिए ।

काठमाडौंमा मंगलबारबाट सुरू भएको राष्ट्रिय मुक्ति क्रान्ति राष्ट्रिय समितिको बैठकमा महतोले नयाँ दल दर्ताको घोषणा गरेका हुन् । उनले केही समयभित्रै यो दल निर्वाचन आयोगमा दर्ता गरिने जानकारी गराएका छन् । दर्ता प्रक्रियाबारेको निर्णय जारी बैठकले नै गर्नेछ । उक्त पार्टीको अध्यक्ष राजेन्द्र महतो आफै छन् ।

‘मंसिरदेखि सशक्त शान्तिपूर्ण संघर्ष र विद्रोहको चरणमा प्रवेश गर्ने कार्यदिशा रहेको र त्यस भन्दा पहिले नै राष्ट्रिय मुक्ति क्रान्तिले उठाएका मांग र मुद्दालाई देश, जनताको अगाडी औपचारिक रुपले अल्टिमेटमसहित सार्वजनिक गर्ने कार्यक्रम पार्टीको तर्फबाट गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै तत्काल नै अभियानलाई पार्टीको रुपमा रुपान्तरण गर्ने गरी राष्ट्रिय मुक्ति क्रान्तिको असोज १ गते बसेको राष्ट्रिय समितिको बैठकले श्री राजेन्द्र महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेको छ,’ नवघोषित पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केन्द्रीय समितिमा अभियानका सदस्यहरू नै रहेका छन् । जसमा सुमन साय्मी, बुद्धछिरिङ मोक्तान, केशव झा लगायत रहेका छन् ।

यसअघि महतो मधेस सद्भावना परिषद्, सद्भावना पार्टी, सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा थिए ।

प्रतिक्रिया दिनुहोस्