Logo
Logo

नेपालले एएफसी यु-२० मा भाग लिँदै


378
Shares

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एएफसी यु–२० एसियनकप छनोटका लागि चाइनिज ताइपेइ जाने नेपाली टोलीको बिदाइ गरेको छ ।

एन्फाद्वारा आज यहाँआयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा, प्रवक्ता सुरेश शाहलगायतले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

छनोट खेलमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया रहेका छन् । यो समूहको खेल सेप्टेम्बर २१ देखि २९ तारिखसम्म हुनेछ । नेपालले सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यसैगरी नेपालले सेप्टेम्बर २३ मा घरेलु टोली चाइनिज ताइपेइ, २५ तारिखमा उज्वेकिस्तान र २७ तारिखमा बहराइनसँग खेल्नेछ । नेपाली टोलीको गोलकिपरमा जियारथ शेख, क्रिशल मोक्तान र अमित टमाटा छन् ।

त्यसैगरी रक्षकमा सविन घिमिरे, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, रामथापा, सिमान्त थापा, आयुष तिम्सिना र दीपक थापामगर छन् । मिडफिल्डरमा अभिनाश स्याङ्ताङ, कुशल देउवा, लक्ष्छु थापा, सरोज दर्लामी र प्रशान्त लक्छम रहेका छन् । फरवार्डमा अनिल बम्जन, धर्वेन्दर कुँवर, धनसिंह विक, निमा वाङ्गेल तामाङ, नीरज कार्की, निराजन धामी र समीर तामाङ छन् ।

त्यसैगरी एन्फाले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियन सिपका लागि भुटान जाने नेपाली टोलीलाई पनि सफलताको शुभकामना दिँदै आजै बिदाइ गरेको छ । सेप्टेम्बर २० देखि ३० तारिखसँग भुटानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक भुटान, श्रीलङ्का र पाकिस्तान छन् । त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र बङ्गलादेश छन् ।

नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर २३ मा श्रीलङ्का र २५ मा भुटानको सामना गर्नेछ । नेपाली टोलीको गोलकिपरमा पेम्बा नुर्बु भोटे, रामबहादुर बोहरा र भक्तबहादुर परियार रहेका छन् ।

यसैगरी रक्षकमा शरण एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजलमान घले, निशानराजलावत, भुवनकामी र एकराज विश्वकर्मा छन् । त्यस्तै मिडफिल्डरमा कृष्णबहादुर आले, जोन विष्ट, पवन पाख्रिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, एलिक श्रेष्ठ र सविनकुमार लुङ्गेली छन् भने फरवार्डमा रोहित श्रेष्ठ, सन्तोष गोङ्वा र सुजन डङ्गोल छन् । फरवार्डमा अनिल बम्जन, धर्वेन्दर कुँवर, धनसिंह विक, निमा वाङ्गेल तामाङ, नीरज कार्की, निराजन धामील र समीर तामाङ छन् ।

प्रतिक्रिया दिनुहोस्