Logo
Logo

राजाहरूले परिवारको ऐस आराममात्र हेर्दा शिक्षामा कमजोर भयौँ : प्रधानमन्त्री


630
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समय शासन गरेका राजाहरूले आफ्नो परिवारको ऐस आराममात्र हेरेकाले शिक्षा कमजोर भएको बताएका छन् । बुधबार शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शाह र राणा वंशको समयमा शिक्षाको अवसर नै नभएको बताए ।

‘हामीले राणाहरूलाई दोष दिन्छौं १०४ वर्ष त राणाको भयो १९०३ देखि, तर जंगबहादुर आएपछि १९१० मा दरबार हाइस्कुल त खोले नि ! केही पोजेटिभ काम त भयो नि ! त्यसभन्दा अगाडि किन राजाहरुले खोलेनन् ?’ प्रधानमन्त्री ओलीले भने, ‘आफू र आफ्नो परिवारको ऐस, आराम, आफ्नो शासनबाहेक केही पनि हेरेनन् । सामन्ती शासन यो होस् त्यो होस् उनीहरू जनताको निम्ति काम गर्दैनथे, गरेनन् ।’

उनले २१ सालमा पुगेपछि आफूले गरेको लोकतन्त्रविरोधी कदमलाई पुष्टि गर्नका लागि ठूलाठूला सुधारका काम गरेको र त्यहीअन्तर्गत २०२१ सालमा अनिवार्य एवम् निःशुल्क शिक्षा भनेर सुरू गरको बताए । हाम्रो शिक्षा पछाडि परेको भन्दै सीप र अनुसन्धानको विषयमा विशेष काम गर्नुपर्ने बताउँदै उनले आउँदो एसईईको नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग कुरा मात्रै गरेर बस्ने समय छैन । शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन सक्दैन । ७ सालको प्रजातन्त्रको स्थापनासँगै नेपालमा गाउँगाउँमा स्वतःस्फुर्तरुपमा शिक्षा विकासको लहर चलेको थियो । तर हामी जति अगाडि बढ्नुपर्ने थियो, त्यति अघि बढ्न सकेका छैनौँ ।’ शिक्षा क्षेत्रलाई पछाडि पर्न नदिनु सबैको दायित्व भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्