Logo
Logo

कोसीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीको ‘नो भोट’


756
Shares

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव राजेन्द्र राईले संसद् कार्यपालिकाको छायाँ बन्न नसक्ने बताएका छन् ।

बुधबार प्रदेशसभा बैठकमा बोल्दै राईले संसदीय समितिका निर्वाचन कार्यतालिका केही हेरफेर गरौँ भन्ने प्रस्ताव गरेको तर, सभामुखको भूमिका पनि सकारात्मक नभएको आरोप लगाए ।

बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने कार्यसूची छ । राईले सरकारलाई समर्थन गर्नुपर्ने कुनै कारण नदेखिएकोले कार्कीलाई विश्वासको मत नदिने र आवश्यकता नभएको सुनाए ।

उनले भने, ‘सरकारले गरेको राम्रो काम केही देखिएको छैन । हामी पक्ष र विपक्षमा मत हाल्दैनौँ, बरु नो भोट गछौँ ।

राईले जनपक्षीय काम अघि बढाउन पूर्वमुख्यमन्त्रीले अनशन बस्नुपर्ने अवस्था आएको भन्दै सरकारलाई खास समर्थन गर्न नपर्ने बताए । राईले आफूहरू विपक्षमा नै बस्ने सदनसमक्ष जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्