Logo
Logo

नेपालले ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै


378
Shares

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

क्यानडाको किङ सिटीमा मपल लिफ क्रिकेट ग्राउण्डमा ओमानका कप्तान अकिब इलियासले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

बुधबारको टोलीमा नेपालले तीन परिवर्तन गरेको छ । पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएपछि नेपालले आजको खेलमा कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी बेन्चमा राखेको छ ।

नेपालले अनिल शाह, अर्जुन साउद र आरिफ शेखलाई मौका दिएको छ । ओमानले आजको खेलमा दुई अनुभवी खेलाडी जिशान मकसुद र बिलाल खानलाई प्लेइङ ११ मा राखेको छैन ।

नेपालको प्लेइङ–११ :

अनिल शाह, आसिफ शेख, भीम सार्की, अर्जुन साउद, रोहित पौडेल (कप्तान), आरिफ शेख, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

ओमानको प्लेइङ ११ :

जतिन्दर सिंह, कश्याप प्रजापति, अकिब इलियास(कप्तान), प्रतिक अथभले, खालिद कैल,आयन खान, शोएब खान, फैज बट, जय ओडेरा र कलिमुल्लाह ।

प्रतिक्रिया दिनुहोस्