Logo
Logo

संविधानले जनताका कयौं सपनालाई सम्बोधन गरेको छः शेखर


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान संविधानले नेपाली जनताका कैयन सपनाहरुलाई सम्बोधन गरेको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले राज्यको भूमिका र सीमा मात्र नभई व्यक्तिको अधिकार र कर्तव्यलाई समेत संविधानले परिभाषित गरेको बताएका हुन् । साथै उनले विश्वमै नेपालको संविधानले देशको विविधतालाई सम्बोधन गर्न सकेकोमा प्रशंसा गरे ।

उनले नागरिकको सम्प्रभूत्तालाई मुलमन्त्र ठानेर निर्माण भएको वर्तमान संविधानको राजनीतिक आयातनले ऐन, कानुन निर्माण र नीतिगत निणर्य लिने ठाउँमा सामाजिक रुपले वञ्चना परेका सबै समुहको प्रतिनिधित्व हुनु सामान्य कुरा भएको बताए ।

महिलाहरुको राजनीतिक प्रतिनिधित्व राज्यको संरचनामा तलदेखि माथिसम्म अनिवार्य गर्नाले आधा जनसंख्या भएको यो समुह राष्ट्र निर्माणको प्रक्रियामा सहभागी हुने व्यवस्थाको सुनिश्चितता भएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘संविधान गतिशिल दस्तावेज हो। जसरी समाज गतिशिल हुन्छ र समाजमा उठ्ने मुद्धाहरु पनि समय सापेक्ष फरक–फरक हुन्छन्। यसरी गतिशिल समाजका मुद्धाहरुलाई संविधानले सम्बोधन गर्न जरुरी हुन्छ। आज नेपालको संविधानलाई सुधार्ने र परिमार्जन गर्ने वहस यही कारणले छलफलमा छ।’

नौ वर्ष अगाडि जारी भएको संविधानलाई इमान्दारीतापूर्वक लागु गर्न यस कालखण्डमा सत्तामा वसेका नेताहरुले खास ध्यान पुर्याउँदा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र लागु भए पनि संस्कारजन्य रुपमा एकात्मक राज्यको सोच र सिंहदरवार नै सवै थोक हो भन्ने मानसिकतावाट हामी मुक्त हुन नसकेको उनको भनाइ छ। उनले यीनै कारणले संविधान र संघीय संरचनामाथि दबाब रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्