Logo
Logo

प्रमोद खरेलको स्वरमा ‘एक कदम’ (भिडियो)


441
Shares

काठमाडौं । सार्वजनिक सुरक्षाका सन्दर्भमा नेपाल प्रहरी सदा अग्रपंक्तिमा रहन्छ । कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी आम नागरिक र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य प्रहरी संगठनको हो । त्यसका अलावा खेलकुद र गीतसंगीत क्षेत्रमा पनि नेपाल प्रहरीको अहंभूमिका छ भन्ने कुरालाई समेटिएको ‘एक कदम’ बोलको गीत निर्माण गरिएको छ ।

विष्णु भण्डारीको शब्द रचना, प्रमोद खरेलको स्वर, भिम बिसीको संगीत, श्यामस्वेत रसइँलीको संगीत संयोजन रहेको ‘एक कदम’मा गायक खरेललाई भिम बिसी, मनोज खनाल र दिनेश बिष्टले स्वरमा साथ दिएका छन् ।

सन्देशमूलक यस भिडियोमा दिनेश बिष्ट, भिम खड्का, दिपा पनेरु, प्रियंका शिवाकोटी, हीर शाही ‘संगीता’, ओमप्रसाद शिवाकोटी, विशाल नेपाल, निर्मल बिष्ट, रोहित घिमिरे, सुक्मनजंग अश्रपती, रोशन बोगटी, दिनेश जोशी, बिरेन्द्र कलेल, अर्जुन बम लगायतको अभिनय रहेको छ ।

यस भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने बिक्रम चौहानले निर्देशन गरेका हुन् । यस भिडियोको पोष्टर डिजाईन लक्ष्मण चौहान, श्रृंगार यमुना पाण्डे र एलिजा सिजवाल, भिएफएक्स मीन रावल, कलर मिलन बिश्वकर्माको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्