Logo
Logo

बृत्तचित्र ‘द अनसाइलेन्स’ काठमाडौंमा प्रदर्शन गरिने


252
Shares

काठमाडौं । फरक क्षेत्रका चारजना महिलाको कथा समेटिएको बृत्तचित्र ‘द अनसाइलेन्स’ काठमाडौंमा प्रदर्शन हुने भएको छ । एक दर्जनबढी अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको ‘द अनसाइलेन्स’ यही असोज २० गते सुन्धारास्थित सिडिसी सिनेमाजमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

वेन फिल्मस प्रालिको प्रस्तुती रहेको यो बृत्तचित्र टोसित घतानेले निर्देशन गरेका हुन भने प्रमोद लामिछाने निर्माता र सागर ढकाल सहनिर्माता हुन ।

एक घण्टा नौ मिनेट अवधिको ‘द अनसाइलेन्स’मा राधा, माया, सुन्दरी र सुकुनको रियल जीवनकथालाई प्रस्तुत गरिएको वेन फिल्मस्ले जनाएको छ । बालविवाहपछि घरेलुहिंसा भोगेकी राधा कुवेत पुगेर मानव बेचबिखानको पन्जाबाट उम्किएर नेपालमा उद्यमी बनेकी माया, शारीरीक रुपमा होची सुन्दरी नेपाली समाजले बनाएको तल्लो जात भनेर हेपिएकी सुकुनको जीवनकथा बृत्तचित्रमा रियल पात्र राखेर बनाइएको निर्देशक घतानीले बताए ।

बिदेशका धेरै ठाउँमा प्रदर्शन गरेर अवार्ड जितेपनि नेपालमा सचेतनाका लागि बृत्तचित्र देखाउन लागिएको निर्माण पक्षको भनाइ छ । यसअघि युके, जापान लगायतका बिभिन्न फेस्टिवलमा ‘द अनसाइलेन्स’ प्रदर्शन गरिएको थियो । साथै, चाँडै यो बृत्तचित्र अमेरिका र अष्ट्रेलियामा प्रदर्शन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्