Logo
Logo

देशभर यसरी मनाइयो संविधान दिवस (तस्वीरहरु)


378
Shares

काठमाडौं । टुँडिखेलसहित देशभर विभिन्न कार्यक्रम संविधान दिवस मनाइएको छ । बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो । संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो ।

उक्त समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

समारोहमा नेपाली सेना र नेपाल प्रहरीले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो । त्यस्तै राष्ट्रपति पौडेललाई नेपाली सेनाले सम्मानस्वरूप गार्ड अफ अनरसमेत प्रदान गरेको थियो भने सेनाको हेलिकप्टरबाट पुष्पवृष्टी गरिएको थियो ।

संविधान दिवसका अवसरमा सरकारले भव्यताका साथ मनाउन आह्वान गरेपछि देशभर विभिन्न कार्यक्रम गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्