Logo
Logo

आज सुनचाँदीको मूल्य घट्यो


252
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन प्रतितोला आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५५ हजार ६ सय कायम भएको हो ।

हिजो बुधबार प्रतितोला एक लाख ५६ हजार चार सयमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ८० निर्धारण भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्