Logo
Logo

संसद्को अंकगणित हेरेर मात्र संविधान संशोधन हुँदैन : प्रधानमन्त्री (पूर्णपाठ)


189
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अंक गणितलाई मात्र हेरेर संविधान संशोधनको प्रक्रिया अघि नबढ्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको अप्ठ्यारा परिस्थितिलाई चिर्न नै संविधान संसोधन गरिने र यसमा सबै दल र समुदायको सहभागिता आवश्यक रहने बताए ।

‘जनतामा देखिएको चरम निराशालाई कम गर्न बाहेक यो सरकारको अरु ध्यान हुँदैन । संविधानलाई जीवन्त बनाउने बाहेक यो सरकारले अरु कुरा सोच्दैन,’ उनले भने, ‘म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसदको गणितीय संख्या मात्र हेर्ने छैनौं । सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिने छ ।’

त्यस्तै अशिष्टहरूले अराजकता मच्चाउन मौका पाए नेपाल पुस्तौँपछि पर्ने भन्दै उनले युवाहरुलाई सचेत गराउन आग्रह गरे ।
‘तपाईंहरूभित्र केही गरौँ भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूवाट बचाउनु होला । तपाईंहरूमा केही गरौँ भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला,’ उनले भने, ‘समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौं । सुशासन कायम त हामी गर्छौं । तर, देश भाँडियो भने अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौँपुस्ता पछि पर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्