Logo
Logo

डिजिटल सेवालाई अझै परिस्कृत गर्न सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो ‘स्मार्ट हब’


189
Shares

काठमाडौं । सिटिजन्स बैंकले ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । बुधबार बैंकले एक कार्यक्रमको आयोजना गर्दै डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजनाअनुरुप ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हब सार्वजनिक गरेका छन् । कार्यक्रममा पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा, नगद जम्मा तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधाबाट ग्राहकहरू डिजिटल कारोबारमा अभ्यस्त हुनुका साथै समग्र डिजिटल बैंकिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

साथै हाललाई कर्पोरेट कार्यालयबाट सुुरु गरिएको यस्तो सेवा आगामी दिनमा देशका अन्य स्थानबाट समेत सञ्चालन गरिने योजना रहेको बताए । स्मार्ट हबमा राखिएका मेसिनहरू जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरूले क्लियरिङ चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलब्ध छभने क्यास डिपोजिट मेसिनबाट १ हजार र ५ सय दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलब्ध छ ।

डिजिटल बैंकिङ सेवा सिटिजन्स बैंकको सधैँ प्राथमिकता रहेको छ र यसैको निरन्तरता स्वरुप बैंकले असोज महिनाभर ‘सिटिजन्स डिजिटल महिना’ उत्सव सञ्चालन गर्ने भएको छ । यस उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरहरु पनि सार्वजनिक गरेको छ ।

जसमा मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुहरूलाई ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुने, बडादशैँमा मोबाइल बैंकिङ प्रयोग गरि डिजिटल दक्षिणा दिँदा सो कारोबारमा १०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनुका साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक प्राप्त हुनेछ ।

त्यसैगरी, ‘दशैँमा चलाउ सिटिजन्स कार्ड’ अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुनुका साथसाथै ‘डिजिटल रेमिटेन्स प्राप्ति अभियान’मा मोबाइल बैंकिङमार्फत प्राप्त गरिएको रेमिटेन्समा आकर्षक क्यासब्याक प्राप्त हुनेछ ।

यस्ता डिजिटल प्रोत्साहित कारोबार अभियानबाट समग्र बैंकिङ क्षेत्रमा नै डिजिटल बैंकिङको विकास हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । भौतिक कार्डबिना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भर्चुअल क्रेडिट कार्डमा छ ।

प्रतिक्रिया दिनुहोस्