Logo
Logo

भू-राजनीतिक जटिल बन्दै गएको माओवादीको निष्कर्ष


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले भू–राजनीतिक अवस्था थप जटिल बन्दै गइरहेको निष्कर्ष निकालेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भूराजनीतिक झनझन् पेचिलो बन्दै गएको बताएका हुन् ।

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झनझन् जटिल पेचिलो बन्दैछ । भूराजनीतिक स्थितिले पनि पेचिलोपन ल्याउँदैछ’ उनले भने, ‘अन्तर्राष्ट्रिय रूपमा हेर्दा त विष्फोटक स्थिति बनेको छ । यो परिस्थितिमा पार्टीलाई एकताबद्ध गर्नुपर्छ । जनवर्गीय संगठनहरुलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने निष्कर्ष छ ।’ बैठकमा देशैभरि बढेको अराजकता, विकृति, विसंगति बढेको निष्कर्ष निकालेको उनले पनि सुनाए ।

प्रतिक्रिया दिनुहोस्