Logo
Logo

वालिङसँग बागमती ४-० गोल अन्तरले पराजित


252
Shares

काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा वालिङले बागमतीलाई ४-० गोल अन्तरले पराजित गरेको हो । वालिङको जितमा विदेशी खेलाडी सिसी एन्टोङ्गोले खेलको २२ र ४० औं मिनेटमा गोल गरिन् भने ज्यकिलिन नस्सालीले ५४ र ८३ मिनेटमा गोल गरिन् ।

जितसँगै वालिङ ६ खेलमा १३ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने भने समान खेल खेलेको बागमती चार अंकसहित तालिकाको आठौं स्थानमा छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्