Logo
Logo

१४ कित्ता घरजग्गा बेच्दै एनएमबि बैंक


693
Shares

काठमाडौं । एनएमबि बैंकले बैंकको स्वामित्वमा रहेका विभिन्न ठाउँको घरजग्गा बिक्री भएको छ । बैंकले ४ जिल्ला काठमाडौं, ललितपुर, मकवानपुर र मोरङका विभिन्न ठाउँमा रहेको गैह्र बैंकिङ्ग (घरजग्गा) बिक्री मा राखेको हो ।

बैंकको स्वामित्वमा रहेका काठमाडौंमा २ कित्ता, ललितपुरमा ६ कित्ता, मकवानपुरमा एउटा कित्ता र मोरङ्गमा ५ वटा कित्ता गरी १४ वटा कित्ता बिक्रीमा राखेको हो ।

उक्त सम्पत्ति जे जस्तो अवस्थामा सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ । उक्त सम्पत्ति खरिद गर्न इच्छुक ७ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्