Logo
Logo

पूर्वमहानिरीक्षक राणाको पेन्सनसम्बन्धी रिट न्यायाधीश शर्मा र सुवेदीको इजलासमा


1.3k
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणाले आफ्नो निवृत्तिभरण रोकिएकोविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्वमहानिरीक्षक राणाले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

सो रिटमा साउन १८ गते न्यायाधीश विनोद शर्माको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भइ कारण देखाउ आदेश र अन्तरिम आदेशसम्बन्धमा छलफलका लागि विपक्षीलाई बोलाउने आदेश भएको थियो ।

राणाले सुडानका लागि शान्ति मिसनमा जाने प्रहरीको बन्दोबस्तीको सामान किन्ने सम्झौताको घोटाला प्रकरणमा दोषी ठहर भई दुई वर्ष कैद सजाय भुक्तान गरिसकेका छन् ।

कैद सजाय भुक्तान गरिसकेका राणालाई पेन्सन उपलब्ध नगराउन अख्तियारले निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई पत्र लेखेपछि उनको पेन्सन रोक्का भएको थियो । सोहीविरुद्ध राणा सर्वोच्च पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्