Logo
Logo

दरबारमार्गको कन्सर्टमा धकेलाधकेल गर्ने ४ जना पक्राउ


693
Shares

काठमाडौं । संविधान दिवसको अवसर पारेर बिहीबार दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा धकेलाधकेल गर्ने ४ जना पक्राउ परेका छन् ।

कन्सर्ट चलिरहेको बेलामा केही युवाहरूले भिडमा उत्तेजित हुँदै धकेलाधकेल गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बझाङको मस्टा गाउँपालिका–३ का १९ वर्षीय तिलक खडका, कैलालीको घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय सन्तोष धामी, कैलालीको टिकापुर नगरपालिका–१ का २० वर्षीय समिर देवल र दार्चुलाको मालिकार्जुन शैलेविश नगरपालिका–६ का २३ वर्षीय दिपेन्द्र धामी रहेका छन् ।

पक्राउ परेका चारै जनालाई दरबार प्रहरी बृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्