Logo
Logo

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई


630
Shares

काठमाडौं । नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन अमेरिकातर्फ प्रस्थान गरेपछि उनले पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेका हुन् ।

एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले कार्यबाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई दिइएको जानकारी दिए । प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्