Logo
Logo

 त्रिभुवन आर्मीसँग चन्द्रपुर १०-० गोल अन्तरले पराजित


252
Shares


काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिका, विभागीय टोली त्रिभुवन आर्मीसँग फराकिलो अन्तरले पराजित भएको छ । 

एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा आर्मीले चन्द्रपुरलाई १०-० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा चन्द्रा भण्डारीले खेलको पहिलो मिनेट, ४० औं मिनेट र ८४ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् , त्यस्तै अमिशा कार्कीले पनि खेलको २७, ४२ र ६८ औं मिनेटमा गोल गर्दै  ह्याट्रिक गरिन् भने हिमा चौधरीले ३२, दीपा शाहीले ५२ , अन्जना राना मगरले ६७  र शर्मिला थापा मगरले ८५ औं मिनेटमा गोल गरिन् । जितसँगै आर्मीको १६ अंक रहेको छ भने चन्द्रपुरको ७ अंक रहेको छ ।

यसअघि शुक्रबार नै भएको पहिलो खेलमा विभागीय टोली एपीएफ क्लबले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकालेको छ । एपीएफको जितमा रश्मि कुमारी घिसिङले ५ गोल गरिन् । त्यस्तै अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । जितसँगै एपीएफ तालिकाको शीर्ष स्थानमा कायमै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्