Logo
Logo

वर्तमान सरकार उच्च समझदारीका साथ अगाडि बढेको छः प्रवक्ता महत


378
Shares

कैलाली । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार उच्च समझदारीका साथ अगाडि बढेको बताएका छन् ।

नेपाल प्रेस युनियन, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमति नै सरकार अघि बढेको र आगामी निर्वाचनसम्म सहमतिकै साथ जाने उल्लेख गरे ।

उनले दुई पार्टीबीच भएको सातबुँदे सहमतिमा, संविधान संशोधन, यसको कार्यान्वयन, अर्थतन्त्र सुधारलगायतका विषय रहेको बताए ।

नेता महतले नेपाली कांग्रेसले अहिले देशभर एक सय दिनको अभियान सुरु गरेको बताए । उनले यस अभियान पार्टी निर्माणमा केन्द्रित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्