Logo
Logo

कोशी प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य


252
Shares

विराटनगर । कोशी प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । शुक्रबार रातिदेखि लागू हुनेगरी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् ।

पाँचौं अधिवेशनमा २१ वटा बैठक बसेको थियो । यो अधिवेशनले आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पास गरेको थियो । यही अधिवेशनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुईपटक विश्वासको मत लिए ।

३१ वैशाखमा माओवादीको समर्थनमा विश्वासको मत लिएका कार्कीलाई दिएको समर्थन माओवादीले फिर्ता लिएपछि २ असोजमा दोस्रोपटक विश्वासको मत लिएका थिए । दोस्रोपटक उनलाई कांग्रेसले विश्वासको मत दिएको थियो ।

अधिवेशनबाट प्रदेश निजामति ऐन संशोधन विधेयक, केही प्रदेश ऐन संशोधनलाई जगाउने विधेयक, कृषि अनुदान सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक संशोधन विधेयक पास गरेको थियो । चालु अधिवेशनकै दौरानमा प्रदेशका सात वटा विषयगत समिति सभापति पनि टुंगो लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्