Logo
Logo
जम्काभेट/जीवनशैली

‘स्पा लिनुको फाइदा धेरै छ’


5.3k
Shares

काठमाडौं । स्पा तथा वेलनेससम्बन्धी नेपालमा आकर्षण बढ्दो छ । स्पा स्वास्थ्य जीवनको अभिन्न अंग भन्ने आममानिसको बुझाइ छ । यद्यपि, स्पाप्रति विवाद र आलोचना नभएको भने होइन । यो कुरा ‘ट्रयान्क्विलिटी स्पा’की महाप्रबन्धक मोनिका वन पनि स्विकार्छिन् । उनी भन्छिन्, ‘यदाकता स्पाप्रति संकुचित सोच र धारणा छ । तर, अहिले स्पाप्रतिको सोच परिवर्तन हुँदै छ ।’

स्पाको दुनियाँमा ‘ट्रयान्क्विलिटी स्पा’ एउटा ब्रान्ड बनेको छ । ‘ट्रयान्क्विलिटी स्पा’को देश–विदेश गरी २३ वटा शाखा छन् । यो स्पाले देशका अधिकांश चार र पाँचतारे होटलमा सेवा प्रदान गर्दै आएको छ । नेपालमा स्पाप्रतिको धारणाबारे मोनिका भन्छिन्, ‘नेपालीमा पनि संकुचित धारणा हराउँदै गएको छ र आममानिसले स्पा जरुरी छ भन्ने बुझ्न थालेका छन् ।’ ट्रयान्क्विलिटी स्पाकी महाप्रबन्धक मोनिका वनसँग रेजिना पाण्डेको जम्काभेट :

सुरुमै कुरा गरौँ, स्पा के हो ?
शारीरिक तथा मानसिक स्वास्थ्यका लागि गरिने थेरापी नै स्पा हो । स्पा आयुर्वेदिक उपचारविधि पनि हो । जसको माध्यमबाट शरीरलाई आराम र रिलेक्समेन्ट गराउँछ । स्पाले शारीरिक तथा मानसिक तनाव पनि कम गराउँछ ।

स्पाभित्र के कस्ता सेवा÷सुविधाहरू पर्छन् ?
यसभित्र धेरै सेवा सुविधाहरू पर्छन् । जस्तै आयुर्वेदिक थेरापीअन्तर्गत बस्ती, शिरोधारा, कपिङ, किडी साथै ज्याकुजी, साउना, स्टिम, जिम, योगा, जुम्बा, स्विमिङ ब्युटी सलोन समेतका सेवाहरू स्पाभित्र पर्छ ।

स्पा आम मानिसका लागि कति जरुरी छ ?
शरीरका लागि जरुरी छ । किनकि, हामी हप्तौँ दिन काम गर्छौँ । मानसिक र शारीरिक तनावमा काम गरिरहेका हुन्छौँ । यो बिचमा हाम्रो शरीर र मनले आराम खोजिरहेको हुन्छ । यस्तो अवस्थामा स्पाले शरीर र मानसिक तनावलाई आराम दिन्छ । स्पाले आध्यात्मिक चिन्तन गराउँछ । सके हप्तामा एकदिन नभए १५ दिनमा स्पा गर्दा राम्रो हुन्छ । हाम्रो जीवनमा सबैभन्दा महत्त्वपूर्ण भनेकै शरीर हो । त्यसैले स्वास्थ्य रहनका लागि स्पा गर्न जरुरी छ ।

तर, स्पा सेन्टरहरूप्रति हेर्ने नजर गलत पाइन्छ नि ?
एक त पुरानै संकुचित सोच हो । र, अहिले च्याऊजस्तै खोलिएका स्पा सेन्टरले स्पाको नाममा अनैतिक काम गरेर स्पालाई नै बदनाम गराइरहेका छन् । नचाहिँदो हल्ला फैलिँदा राम्रा स्पा सेन्टरहरू पनि मुछिएका हुन् । एक दुइटा स्पा सेन्टरले गर्दा राम्रालाई असर नपरेको होइन । सही ठाउँमा बुझेर स्पाको सुविधा लिने हो भने फाइदा धेरै छ ।

एक महिला भएर स्पाबारे बुझाउन गाह्रो भएको छ कि छैन ?
हरेक ठाउँमा गाह्रो हुन्छ । झन् स्पा तथा मसाजको बारेमा बताउँदा सुरुमा गाह्रै हुन्छ । त्यो हामीमा बुझाइको अभाव भएर हो । अर्को कुरा, स्पाबारे नचाहिँदो हल्ला र स्पाको नाममा अनैतिक कामहरू भएकाले स्पालाई गलत नजरले हेरियो । यसले गर्दा आम मान्छेहरू आत्तिए र स्पा सेन्टरलाई हेर्ने नजर नकारात्मक भयो । तर, स्पाको फाइदा बुझिसकेपछि स्पा सेन्टरप्रति हेर्ने नजर सकारात्मक भएको छ । विदेशमा स्पालाई हेर्ने नजर पुरानो भइसक्यो । नेपालमा बिस्तारै यसको आकर्षण बढ्दै छ ।

‘ट्रयान्क्विलिटी स्पा’ अरुभन्दा के फरक छ ?
हामी ब्राण्डमा अडेका छौँ । पहिलो कुरा मान्यता प्राप्त लाइसेन्स लिएर काम गरेका छौँ । हामी स्पाको सुविधा दिँदा जानकार रहन्छौँ । हामीकहाँ आयुर्वेदिक डाक्टर हुनुहुन्छ, जसमा थेरापीस धेरै कुराको ज्ञान लिन सक्नुहुन्छ । हामी थेरापी स्पेशलिस्टबाट सुविधा दिन्छौँ । ‘ट्रयान्क्विलिटी स्पा’मा थेरापी पढेका र उच्चशिक्षा लिएका मान्यता प्राप्त सिर्टिफिकेट पाएकाहरुबाट सुविधा लिन सक्नुहुन्छ । हामी कानुनबमोजिम चलेका छौँ । हाम्रो सेवा सुविधा परिवारकै लागि हो ।

स्पामा आउने ग्राहकलाई महिला–पुरुष छुट्याउनु हुन्छ ?
हामी बिरामी हुँदा परामर्श लिन डाक्टरकहाँ जान्छौँ । रोजाइ आफ्नो हुन्छ । आफूलाई जस्तो सुविधा चाहिन्छ, त्यही लिने हो र लिनुहुन्छ । उहाँहरूको रोजाइअनुसार हामी सुविधा दिन्छौँ ।

ट्रयान्क्विलिटी स्पा’को विशेषता के छ ?
ट्रयान्क्विलिटी स्पा बेलनेसका क्षेत्रमा एउटा स्थापित ब्रान्ड हो । स्पाप्रतिको नकारात्मक धारणालाई चिर्दै अघि बढेको छ यो ब्रान्ड । ट्रयान्क्विलिटीले नेपालका अधिकांश पाचँतारे होटेलबाट आयुर्वेदिक डाक्टरसहित परम्परागत उपचार पद्धतिमा आधारित स्तरीय सेवा उपलब्ध गराइरहेको छ । हाम्रो सेवा देशदेखि विदेशसम्म फैलिएको छ । हामी स्पा सेवाका लागि जनशक्ति आफैँ उत्पादन गर्छौँ । र, गरिरहेका छौँ । ट्रयान्क्विलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमी (टिआइइबिएसए) मार्फत दक्ष जनशक्ति उत्पादन गर्नुका साथै रोजगारीसमेत प्रदान गरिरहेका छौँ ।

नेपालमा स्पाको अवस्था कस्तो छ ?
हिजोको दिनमा धेरै मानिसहरू स्पा के हो ? यो राम्रो हो कि नराम्रो भन्नेमा अनभिज्ञ थिए । तर, अहिले यसको आकर्षण बढ्दै छ । स्पाको महत्वबारे मानिसहरूले बिस्तारै बुझ्दैछन् । यससँगै नेपालमा पनि स्पाप्रतिको धारणा सकारात्मक हुँदै छ । र, उसाहजनक पनि देखिन्छ ।

ट्रयान्क्विलिटी स्पा पाँचतारे होटेलहरुमा कसरी पुग्यो ?
यो अवसर हो । राम्रो काम गर्दै जाँदा राम्रा अवसरहरू धेरै आए । त्यस बीचमा पाँचतारे होटलको अवसर पनि हो । अहिले ट्रयान्क्विलिटी स्पामा म महाप्रबन्धकको रुपमा काम गरिरहेको छु ।

तपाईँ समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय हुन्छ । ममात्र पहिलो महिला होइन, धेरै महिलाहरू कामसँगै परिवार मिलाएर राखेका छन् । म पनि काम र परिवारलाई मिलाउने प्रयास गरिरहेको छु ।

प्रतिक्रिया दिनुहोस्