Logo
Logo

सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता देखिएन : लेखनाथ दाहाल


1.7k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता पुष्टि नभएको बताएका छन् । 

फाइल तस्बिर

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लामिछाने कुनै पनि सहकारीको ऋणी, सदस्य, व्यवस्थापक वा सञ्चालक नदेखिएको बताएका हुन् ।  

गोर्खा मिडियामा जीबी राईमार्फत सहकारीको पैसा आएको पुष्टि भएको उनले बताए । सहकारी छानविन प्रक्रियामा ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको उनले बताए ।  

जसमा एक अर्बभन्दा कम हिनामिना भएको कुनै सहकारी नै नभेटिएको नेता दाहालको भनाइ छ । साथै, उनले सहकारी ठगी छानविन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको पनि बताए । नेता दाहालले सहकारी ठगीमा कारबाहीको सिफारिस गरिएका सबै पात्रहरू कांग्रेस-एमालेका नेताहरू रहेकाले कारबाही हुनेमा आशंका व्यक्त गरे ।

त्यस्तै एमाले नेता शेरबहादुर तामाङले सहकारी छानबिन समितिले प्रतिवेदन ल्याइसक्दा पनि कतिपयले सत्यलाई छोप्ने प्रयास गरेको भन्दै आलोचना गरे । भ्रष्टाचार निवारणको लागि आफूले सबैको सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रस्ताव कानूनमन्त्रीको जिम्मेवारीमा हुँदाखेरि राखेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्