Logo
Logo

बागमतीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक


1k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सर्वदलीय बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री लामाले प्रदेशसभा सञ्चालन गर्ने उद्देश्य अनुरूप आइतबार बिहान ८ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

स्रोतका अनुसार बैठक मुख्यमन्त्री लामाको सरकारी निवासमा बस्नेछ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्ष दलले अवरोध गर्ने संकेत दिएपछि मुख्यमन्त्री लामाले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले शनिबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विगतको सहमति र हालको अवस्था तथा सरकारका गतिविधि उपर उचित धारणा सरकारको प्राप्त नभएसम्म संसद् बैठक चल्न नसक्ने बताएको थियो ।

त्यसपछि मुख्यमन्त्री लामाले सर्वदलीय बैठक आह्वान गरेको सत्तापक्षका मुख्य सचेतक गोविन्द लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्