Logo
Logo

विश्वकप लिग-२ मा आज क्यानडासँग भिड्दै नेपाल


378
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समयानुसार आज साँझ ८ः४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ ।

घरेलु मैदानमा पहिलो खेल जितेको क्यानडाविरुद्ध आज बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा हुनेछ । पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ओमान १ विकेटले विजयी भएको थियो ।

क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा र दुई प्रतिस्पर्धा ओमानसँग गर्दैछ । क्यानडासँग नेपालले आज दोस्रो खेल खेल्न लागेको हो भने ओमानसँगको अन्तिम खेल मंगलबार हुँदैछ ।

नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी–२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ । क्यानडामा सिरिज खेलि सकेर नेपाल लिग २ का लागि अमेरिका पुग्नेछ । अमेरिकामा नेपालले स्कटल्याण्ड र अमेरिकासँग त्रिकोणात्मक र टी–२० आई सिरिज खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्