Logo
Logo

‘सन्यासी’ एलिना भन्छिन्- ममा केही छैन, खाली भएकी छु


3.4k
Shares

काठमाडौं । पछिल्लो समय दर्शक तथा श्रोताबाट रुचाइएकी गायिका एलिना चौहान ओशो सन्यासी बनेकी छन् । यससँगै उनले आफ्नो नाम ‘माँ शिव प्रिया’ राखेकी छन् । केही दिनअघि मात्र ओशो तपोवनमा ध्यान गरिरहेको उनको भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो हेर्दा उनी सन्यासी बनेकी हुन् ।

टिकटकमा एलिनाले ‘माँ शिव प्रिया’को नामबाट खाता बनाएर ध्यानका भिडियोहरु सार्वजनिक गरेकी छन् । गायिका एलिनालाई ओशोमार्गी शोभिता सिम्खडाले ओशो परिवारमा स्वागत गरेकी छन् । ओशो तपोवन गएकी एलिनाले पहिले अरुलाई रमाइलो गराएको तर अहिले आफू रमाएको बताएकी छन् ।

‘अरुलाई रमाइलो गराउँदा आफूलाई प्रेसर फिल गर्थेँ, कलाकार भएपछि जबरजस्ती पनि हाँस्नुपर्ने हुन्थ्यो, त्यो चीजले म वाक्क हुन्थेँ’ उनले भनेकी छन्, ‘म खुशी हुने ठाउँ यहाँ रहेछ, अहिले ममा रिस पनि छैन, केही पनि छैन, खाली भएकी छु ।’

एलिनाले आफू शिवभक्त भएका कारण ‘माँ शिव प्रिया’ राखेको बताएकी छन् । उनलाई यो नाम स्वामी आनन्द अरुणले राखिदिएका हुन् । उनले भनेकी छन्, ‘कति जना ओशो तपोवनमा डिप्रेसन निको पार्न आएको पाएँ, तर ओशो तपोवनमा आउन पनि तयार भएर आउनुपर्ने रहेछ, म पनि पहिले भौतारिँदै हिँडेकी थिएँ, पहिले मलाई पाँच मिनेट पनि बस्न सक्दिनथेँ, यहाँ आउँदा ध्यानबारे बुझेँ ।’

विवाहपछि पतिसँग अस्ट्रेलिया बस्दै आएकी चौहान तीज मनाउन नेपाल आएकी हुन् । एलिनाले गाएको अधिकांश गीत चर्चित छन् । उनका ‘धोकेवाज हौ तिमी’, ‘कट्टा हान्दिन्छु’, ‘के माया लाग्छ र’ जस्ता गीतहरु चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्