Logo
Logo

गणेश कार्की रास्वपाको कार्यवाहक प्रवक्ता तोकिए


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक प्रवक्ता गणेश कार्की तोकिएका छन् । यसअघि उक्त जिम्मेवारीमा रहेका मनिष झा पार्टी कार्यक्रमको सिलसिलामा मुलुक बाहिर रहने भएकाले कार्कीलाई कार्यवाहक प्रवक्ता तोकिएको हो ।

पार्टी सभापति रवि लामिछानेले झा असोज ७ गतेदेखि १४ गतेसम्म देशबाहिर रहने भएकाले केन्द्रीय समिति सदस्य समेत रहेका कार्कीलाई कार्यवाहक प्रपक्ताको जिम्मेवारी दिइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्