Logo
Logo

नगरकोटमा ७ जना सवार कार दुर्घटना


630
Shares

काठमाडौं । भक्तपुरमा कार दुर्घटना हुँदा सात जना घाइते भएका छन् । शनिबार साँझ नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ आइरहेको बा.१८च. २५११ नम्बरको कार दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दर्घटना भएको प्रहरी प्रभाग सुडालले जनाएको छ ।

झापा दमक नगरपालिका–१० घरभएकी निशा श्रेष्ठका नाममा रहेको उक्त कार दुर्घटना हुँदा तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल ल्याइएको जिल्ला प्रहरी परीसर भक्तपुरका प्रहरी नायव उपरीक्षक मोहनमाणि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्