Logo
Logo

‘न्यूयोर्क फेसन विक’मा यस्तो देखियो आईआइएफटियन स्मिताको क्रियशन (फोटोफिचर)


630
Shares

काठमाडौं । विश्व चर्चित फेसन शो ‘न्यूयोर्क कुटोअर फेसन विक–२०२४’मा नेपाली फेसन डिजाइनर स्मिता राईले यो साता आफ्ना सिर्जनाहरु प्रस्तुत गरेकी छन् । अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर १४ देखि एक साता चलेको उक्त ‘फेसन विक’मा स्मिताले आफ्नो फेसन क्रियशनसँगै नेपाल र नेपालीको शान समेत बढाएकी छन् ।

उक्त फेसन विकमा स्मिताले करिब एक महिना लगाएर तयार पारेका पहिरनमा हलिउडका चर्चित मोडलहरुले क्याटवाक गरेका थिए । नेपाली आर्ट र कल्चर मिश्रित स्मिताको क्रियसनले कार्यक्रममा चर्चा पाएको थियो ।

‘फेसन सिटी’का रुपमा चिनिएको न्युयोर्कमा आयोजित उक्त फेसन विकमा विख्यात फेसन डिजाइनर तथा मोडलहरुको प्रस्तुती रहेको थियो । उक्त फेसन सप्ताहको ४०औँ संस्करणमा नेपालको तर्फबाट स्मिता मात्र छनोट भएकी हुन् ।

नेपालको चर्चित फेसन इस्न्टिच्युट आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनबाट ग्राजुएट भएपछि डिजाइजिङमा सक्रिय रहँदै आएकी स्मिता आईआईएफटीमार्फत नै नेपाललाई प्रतिनिधित्व गर्दै उक्त फेसन विकमा सहभागिता जनाएकी हुन् ।

बलिउडकै चर्चित ‘न्यूयोर्क कुटोअर फेसन विक’जस्तो कार्यक्रममा आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर पाउँदा आफूलाई गौरम्वित महुसुश भएको स्मिताले प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘यसको श्रेय आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनलाई दिन चाहन्छु । साथै, अन्तर्राष्ट्रिय मञ्चमा एकजना नेपालीले कला देखाउने अवसर पाउनु भनेको नेपालीकै लागि खुसीको कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्