Logo
Logo

नेताहरुको कार्यविभाजन गर्दै एकीकृत समाजवादी


1.4k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेताहरुको कार्यविभाजन गर्ने भएको छ । पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलले नेताहरुको कार्यविभाजन गर्ने तयारी गरेको हो । त्यसका लागि आज आइतबार दिउँसो १२ बजे सात सदस्यीय कार्यदलको बैठक बोलाइएको छ ।

असार तेस्रो साता १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गर्न सकेको थिएन । उपमहासचिव रामकुमार भट्टराईले आज दिउँसो बस्ने कार्यदलको बैठकले नेताहरूको कार्यविभाजन गर्ने जानकारी दिए ।
उनका अनुसार कार्यदलले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोकिनेछन् ।

प्रतिक्रिया दिनुहोस्