Logo
Logo

अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा


756
Shares

एजेन्सी । न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा इजरायली सेनाले छापा मारेको छ । आइतबार बिहान आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानलको कार्यालयमा इजरायली सेना प्रवेश गरेका हुन् ।

उनीहरुले अल जजिराका वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई ४५ दिन कार्यालय बन्द गर्न आदेश लिएको अल जरिजाले जनाएको छ ।

अल जजिरामाथि आतंकवादलाई समर्थन गरेको र बढावा दिएको आरोप लगाइएको छ । अल ओमारीले भने यसरी सञ्चार माध्यमहरुलाई निशाना बनाउनुको उद्देश्य मानिसहरुलाई सही सूचना दिनबाट रोक्नु भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्