Logo
Logo

एरिकालाई ऐतिहासिक रजत, फाइनलमा भने पराजित


756
Shares

काठमाडौं । स्टार कराते खेलाडी एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदकबाट चुकेका छन् ।

चीनमा आज सम्पन्न ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनले एरिकालाई ६–० ले स्तब्ध बनाउँदै स्वर्ण जिते । यो हारमा नेपाली करातेलाई एसियाली स्तरमा पहिलो स्वर्ण दिलाउने सुनौलो मौका एरिकाले गुमाएका छन् ।

उनले प्राप्त गरेको रजत ऐतिहासिक हो । एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो । अहिलेसम्म कुनेपनि नेपाली खेलाडीले यो च्याम्पियनसिपमा‌ पदक जिन सकेको छैन ।

च्याम्यपियनसिपमा यसअघि शुक्रबार लगातार तीन बाउट जितेर एरिकाले फाइनलको यात्रा तय गरेका थिए । उनले प्री क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८–० ले हराउँदै फाइनलमा स्थान बनाउँदै कम्तीमा रजत पकमका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्