Logo
Logo

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ


4k
Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका चहन । साइबर अपराधको मुद्दामा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत काठमाडौँले असोज २ मा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।

प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्