Logo
Logo

साझा सहमतिको आधारमा संविधान संशोधन गर्न सकिन्छ : नारायणकाजी श्रेष्ठ


252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धीहरूलाई असर नपर्ने गरि संविधान संशोधन गर्न सकिने बताएका छन् । 

संविधान सभा सदस्य परिषद् नेपालले आइतबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले साझा सहमतिको आधारमा उपलब्धीहरूलाई कुनै असर नपर्ने गरि संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

सबै दलको समझदारीमा हुने संविधान संशोधनमा माओवादीको सहयोग नै रहने उनले बताए । उनले प्रतिगमन मुर्दावाद भनेर मात्रै संविधान र लोकतन्त्रको रक्षा नहुने भन्दै रूपान्तरण, विकास र जीवन पद्धतिमा जनताले खोजेको परिवर्तनको पक्षमा काम गर्नुपर्ने धारणा राखे ।  

उनले संविधान संशोधनका क्रममा राष्ट्रियता, परराष्ट्र नीति लगायतका विषयमा सहमति कायम गर्नैपर्ने जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस्