Logo
Logo

कार्यकर्तालाई केन्द्रीय कार्यालय आउन रास्वपाको सर्कुलर


7.7k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ ।

सर्कुलरसँगै पार्टी मुख्यालयमा भिडभाड बढ्न थालेको छ । संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ ।

स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछानेसहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् । सभापति लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो ।

आजै सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्