Logo
Logo

ब्रेन ट्युमर पीडित डिल्लीशेर राईलाई  १० लाखभन्दा बढी सहयोग


0
Shares


काठमाडौं। खोटाङ जिल्ला बराहपोखरी -४ मांसिंटारका ब्रेन ट्युमर पीडित डिल्लीशेर राईको उपचारको लागि १० लाखभन्दा बढी सहयोग सङ्कलन भएको छ । 

हाल काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका राईको उपचारको लागि ‘ब्रेन ट्युमर राई बचाऔं अभियान’ बाट १० लाख १० हजार ७६ रुपैयाँ सहयोग सङ्कलन भएको छ । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा एमालेका पोलिट्ब्युरो सदस्य तथा पूर्व सांसद विशाल भट्टराईले ब्रेन ट्युमर पीडित राईलाई उक्त रकम चेकमार्फत हस्तान्तरण गरेका हुन् । 

उक्त चेक हस्तान्तरण गर्ने कार्यक्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका पूर्व उपमेयर बिनादेवी राई, खोटेहाङ गाउँपालिकाका पूर्व उपाध्यक्ष कविता राई, दिलचक्र राई, खुसराज राई, कृष्ण श्रेष्ठ, मिलन बन्जारा, टेकराज राई, दिनेश श्रेष्ठ, प्रकाश मगर, पशुपति थापा मगर, कर्ण बुर्जा मगर, प्रेम आले मगर, गंगाधर कार्की, चन्द्रकला राई, इन्द्र लिमेललगायत उपस्थिति थिए । 

यस अभियानमा केदार आले मगर, ध्यानकुमार राई, सुखराज राई, अर्जुन मगर, देबु पासा, प्रकाश बन्जारा, अनिल राई, चुडामणि दाहाललगायतको विशेष भूमिका रहेको ईश्वर बन्जाराले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्