Logo
Logo

धनुषा प्रहरीको हिरासतबाट भागे ८ जना थुनुवा


1.3k
Shares

काठमाडौं । विभिन्न मुद्दामा पक्राउ परेका ८ जना थुनुवा धनुषा प्रहरीको हिरासतबाट भागेका छन् । आज बिहान करिब ४ बजेका समय भेन्टिलेशन फोडेर लागुऔषध मुद्दा र अभद्र व्यवहारमा पक्राउ परेका ८ जना थुनुवा फरार भएका हुन् ।

हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

उनका अनुसार फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् ।

उनीहरुको खोजी गर्न प्रहरीले रातिदेखि नै विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्