Logo
Logo

डोटीमा बलात्कार र लुटपाट आरोपमा आमाको किरिया बसिरहेका युवक पक्राउ


567
Shares

काठमाडौं । डोटीमा २० वर्षीया युवती बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । भदौ अन्तिम साता आदर्श गाउँपालिका–६ की एक युवतीको घाँटी थिचेर जबरजस्ती करणी गरेको जाहेरी परेपछि ३८ वर्षीय लाल रैकाललाई पक्राउ गरिएको हो ।

बलात्कार आरोपमा आमाको किरियामा बसेका सोही ठाउँका रैकाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटी डीएसपी भीमलाल भट्टराईले बताए ।

बलात्कारपछि युवतीसँग भएको ३० हजार रुपैयाँ समेत उनले लुटेको जाहेरीमा उल्लेख छ । घटनापछि रैकाल फरार भएका थिए । शनिबार राति उनकी आमाको निधन भएपछि उनी गाउँ फर्किएका हुन् ।

आइतबार आमाको दाहसंस्कार गरेर घरमै किरिया बसिरहेको बेला प्रहरीले बलात्कार आरोपी रैकाललाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्