Logo
Logo

झापामा दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक


1.3k
Shares

काठमाडौं । झापाको छुट्टाछुट्टै स्थानमा तीनवटा ट्रकमा आगजनी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काइ नगरपालिका–८, बिर्तामोड नगरपालिका–६ र धाइजनमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी भएको हो ।

आगजनीबाट तीनवटै ट्रकमा क्षति पुगेको छ । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेपछि उनका समर्थकले सो आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ ।

प्रसाईंका समर्थकले सोमबार झापामा चक्काजामको समेत घोषणा गरेका थिए । तर, सवारी आवागमनको अवस्था सामान्य रहेको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले बताए ।

उनका अनुसार आइतबार राति छुट्टा–छुट्टै स्थानमा तीन वटा ट्रकमा आगजनी भएको थियो । आगजनीमा संलग्नको खोजी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्