Logo
Logo

संविधानलाई थप समावेशी बनाउन प्रचण्डको नेतृत्व आवश्यक : सन्तोष परियार


7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनबाट डराउनुपर्ने केही नभएको बताएका छन् ।

संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै परियारले संविधान समयअनुकूल संशोधन गरेर अघि बढ्नुपर्ने बताए । उनले समानुपातिक निर्वाचन प्रणालीले अस्थिरता ल्याइदिएको भनेर कांग्रेस-एमालेले सफेद झूट बोलेको टिप्पणी गरे ।

सरकारले संविधान संशोधनको मुद्दा अघि सारेपनि नियतमा प्रश्न उठेको जिकिर गरे । उनले दलित, महिला, मधेश, पहिचानको पक्षमा संविधान संशोधन गरेर बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई नेतृत्व गरिदिन आग्रह गरे ।

उनले भने, ‘तपाईंको नेतृत्वमा भएकामध्ये सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्, दलित, महिला, मधेश, पहिचानको पक्षमा संविधान बनाउने नेतृत्व गरिदिनुस् ।’

प्रतिक्रिया दिनुहोस्