Logo
Logo

चाडबाड लक्षित भाटभटेनीको अफर:  रेडिमेड आइटममा ७० प्रतिशतसम्म छुट


945
Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केटले दसैँ, तिहार तथा छठ पर्व लक्षित छुट अफर ल्याएको छ । 

असोज १७ गतेदेखि कात्तिक २२ गतेसम्म लागू हुने यो योजना देशभरि रहेका सबै भाटभटेनी स्टोरमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।

भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुट पाइनेछ । किचनका निश्चित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट पाइनेछ।

रेडिमेड गार्मेन्टमा पनि भारी छुटको व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ । सबै प्रकारका रेडिमेड तथा जुत्तामा ५ प्रतिशत छुट तथा निर्धारित वस्तुमा ५० प्रतिशतसम्म छुट हुनेछ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय ब्राण्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशतसम्म छुट दिन लागिएको भाटभटेनीले जानकारी दिएको छ।

चामल, दाल, चना, चिउरा, तेल, चिनी, चियालगायतका खाद्यान्‍नमा भारी छुट दिन लागिएको भाटभटेनीले जनाएको छ । जिरा मसिनो स्टिम चामल २२२० रुपैयाँमा पाइनेछ।

त्यसैगरी, प्रिमियम सोना मनसुली २५ केजीको बोरा चाडपर्व अफरमा १६४० रुपैयाँमै प्राप्त गर्न सकिने भएको छ । यो अफर योजनामा लङग्रेन चामल २० केजीको ३२२५ रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यसैगरी, मुसरको दाल प्रति केजी १४८ रुपैयाँ, मासको दाल प्रति केजी २१३, रहरको दाल प्रति केजी २८८ रुपैयाँ, मुङको दाल प्रति केजी १६७ रुपैयाँ, ब्राउन चना प्रति केजी १६८ रुपैयाँ, चिउरा प्रति केजी १०८ रुपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको छ।

तोरीको तेल प्रति लिटर २७९ रुपैयाँ, सनफ्लावर तेल प्रति लिटर १९८ रुपैयाँ, सोयाबिन तेल प्रति लिटर १९७ रुपैयाँमा उपलब्ध हुने भएको छ।

डीडीसीको घ्यू प्रति केजीमा ८१ रुपैयाँ घटाएर ९९९ रुपैयाँमा पाइने भएको छ । चिनी प्रति केजी १०२ रुपैयाँ र चिया प्रतिकेजी ४९८ रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यसैगरी, निर्धारित कार्पेटमा २० प्रतिशतसम्म र लगेजमा ३० प्रतिशतसम्म छुट पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्