Logo
Logo

प्रभु बैंक एकसाथ दुई अवार्डबाट सम्मानित


315
Shares

काठमाडौं । भिसा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ सम्मेलनमा प्रभु बैंकलाई एकसाथ दुई अवार्डबाट सम्मानित गरिएको छ ।

प्रभुले ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस’ र ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन’ अवार्ड पाएको हो । बैंकका अनुसार प्रभु भिसा बिजनेस डेबिट कार्ड चल्ती खातावाल लक्षित गरी सुरु गरिएको हो ।

त्यस्तै व्यावसायिक कारोबार भुक्तानीमा सहजता भई व्यवसाय प्रवद्र्धनमा थप सहज तथा पारदर्शिता कायम रहने छ । प्रभुले यसअघि ‘बैंक अफ द इयर २०२३’ उपाधि पनि पाएको थियो ।

हाल बैंकका ३ सय १५ शाखा, २ सय ८६ एटीएम र ६९ एक्स्टेन्सन काउन्टर मार्फत ३१ लाखभन्दा बढीलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्