Logo
Logo

न्युयोर्कमा ओलीको विरोध 


3.6k
Shares

काठमाडौं । संयुक्त राष्ट्रको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूयोर्कमा समेत विरोधको सामना गर्नुपरेको छ । सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई सरकारले पक्राउको तयारी गरिरहेको बेला अमेरिकामा रास्वपाका समर्थकले ओलीको विरोधको तयारी गरेका थिए ।

स्रोतका अनुसार ओलीलाई ‘कालोझण्डा’ र ‘जुत्ता प्रहार’ गर्ने सूचनापछि कार्यक्रम नै रद्द गरिएको हो । ओलीविरुद्ध पर्चा छापिएको थियो । समाचार सूत्रका अनुसार पर्चामा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा संलग्न विभिन्न भ्रष्टाचार काण्डसमेत उल्लेख गरिएको थियो ।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द गरिएको जानकारी दिएको छ । अमेरिकाको न्यूयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम सुरक्षाका कारण देखाएर स्थगित गरिएको हो ।

महावाणिज्यदूतावासले सुरक्षा संवेदनशीलताको कारण कार्यक्रम रद्द गर्नुपरेको सूचना नै निकालेको थियो । ‘संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनुपरेको र समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझावसमेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगित गरिएको ब्यहोरा सबैमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्