Logo
Logo

एमाले-कांग्रेसले सरकार परिवर्तनका लागि संविधान संशोधनलाई कथा बनायो : प्रचण्ड


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले-कांग्रेसले सरकार परिवर्तनका लागि संविधान संशोधनलाई कथा बनाएको टिप्पणी गरेका छन् ।  

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजीक एन्ड सोसियो-इकोनोमिक रिसर्चले सोमबार काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता विषयक कार्यक्रममा प्रचण्डले कांग्रेस र एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको कथा र बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरु गम्भीर नभएको बताएका हुन् । 

वर्तमान संविधान शान्ति सम्झौताको अङ्ग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको उनले बताए ।

त्यस्तै प्रचण्डले कथा र बहाना नभई एजेण्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको जिकिर गरे । संविधान बनाउँदा माओवादी एजेण्डा स्वीकार गरेका नेताहरूले अहिले कार्यान्वयनमा पनि इमान्दारिता नदेखाएको उनको भनाइ छ ।

प्रचण्डले सङ्घीय निजामती ऐन संसद्सम्म पुर्याउन १८ महिना लागेको र प्रहरी समायोजन ऐन बन्दा पनि कार्यान्वयनमा लैजान आनाकानी गरिरहेको बताए । उनले अहिलेको संविधान शान्ति सम्झौताको अङ्ग भएकाले संशोधनको चर्चा गर्दा शान्ति सम्झौताको पक्षमा पनि विचार गर्नुपर्ने बताए ।  पुर्‍याउन

प्रचण्डले अब विभिन्न समुदायले पाएको समानुपातिक समावेशी अधिकार नखोस्ने गरी राजनीतिक स्थायित्व र भ्रष्टाचार अन्त्यका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नतिर जोड गर्नुपर्ने धारणा राखे । 

उनले संविधान निर्माणको मुख्य पहलकर्ता र शान्ति सम्झौताको एक हस्ताक्षरकर्ताको हैसियतले संविधानलाई बढी सर्वस्वीकार्य बनाउन पहल गर्ने जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस्