Logo
Logo

रञ्जिता निर्मित चलचित्र ‘म्हारमेन’को प्रदर्शनी विशेष हुने


1.6k
Shares

‘काठमाडौं । तामाङ संस्कृतिमा आधारित चलचत्रि ‘म्हारमेन’को काठमाडौंमा विशेष प्रदर्शन हुने भएको छ । मम इन्टरनेशनल नेपालको ब्यानरमा निर्मित यो चलचित्र यही असोज १९ गते जमलस्थित राष्ट्रिय नाचघरमा विशेष प्रदर्शन गरिने भएको हो । चलचित्र निर्माणपक्षले सोमबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

मोडल तथा अभिनेत्री रञ्जिता ब्लोन लामाको निर्माण रहेको यस चलचित्रको निर्देशन अजय स्याङतानले गरेका हुन् । चलचित्रमा अमिर दोङ, रञ्जिता ब्लोन लामा, सुश्मा मोक्तान लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । रञ्जिताले दर्जनौँ चलचित्रमा अभिनय गरिसकेकी छन् । यो उनको पछिल्लो चलचित्र हो ।

‘मिस तामाङ’लगायतका इभेन्टहरु समेत गर्दै तामाङ समुदायका लागि योगदान गर्दै आएकी निर्मात्री रञ्जिताका अनुसार चलचित्र ‘म्हारमेन’मा तामाङ समुदायको मौलिक कला, संस्कार र संस्कृतिलाई उजागर गरिएको छ । यस चलचित्रले तामाङ संस्कृति, भेषभुषा तथा भाषा प्रवद्र्धनमा सहयोग पुग्ने निर्माण पक्षको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्