Logo
Logo

सुनको मूल्यमा नयाँ रेकर्ड


630
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन (सोमबार) १ लाख ५९ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला पाँच सय रुपैयाँ बढेर हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५९ हजार सात सय रुपैयाँ कायम भएको हो ।महासंघका अनुसार हिजोको तुलनामा आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेको छ । चाँदीको मूल्य आज १ हजार ९ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्